दफा २४४
डाँका गर्न नहुने

(१) कसैले डाँका गर्न वा गराउन हुँदैन ।
(२) कसैले देहाय बमोजिमको चोरी गरेमा निजले डाँका गरेको मानिनेछ:-
(क) चोरी गर्नका लागि वा चोरी गर्दा वा चोरी गरेको सम्पत्ति लैजान वा चोरी गरेपछि पक्राउबाट बच्नका लागिकुनै व्यक्तिको ज्यान लिएमा वा निजलाई गम्भीर चोट पु¥याएमा वा बाँधछाँद वा थुनछेक गरेमा वा सो कुराको उद्योगगरेमा वा तत्कालै कुनै व्यक्तिको ज्यान लिने वा निजलाई गम्भीर चोट पु¥याउने डरत्रास देखाएमा वा जोखिमी हातहतियार साथमा लिईचोरी गरेमा,
(ख) तत्कालै कसैको ज्यान लिने वा कसैलाई चोट पु¥याउने वा नियन्त्रणमा लिने डरत्रास देखाई वा आपराधिकलाभ लिई कुनै रकम वा आर्थिक लाभ प्राप्त गरेमा,
(ग) बाटो घाटो, एकान्त स्थल वा जङ्गलमा ढुकी डर, त्रास देखाई जोखिमी हातहतियार प्रयोग गरी वा सो प्रयोगगर्ने धम्की दिई वा चोरी गरेमा ।
(घ) तीन जना वा तीन जनाभन्दा बढीको जमात भई चोरी गरेमा ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछ:-
(क) उपदफा (२) को खण्ड (क) वा (ख) बमोजिमको कसूर भए सात वर्षदेखि चौध वर्षसम्म कैद र सत्तरी हजाररुपैयाँँदेखि एक लाख चालीस हजार रुपैयाँँसम्म जरिबाना,
(ख) उपदफा (२) को खण्ड (ग) वा (घ) बमोजिमको कसूर भए पाँच वर्षदेखि दश वर्षसम्म कैद र पचास हजारदेखि एकलाख रुपैयाँँसम्मजरिबाना ।